
चैत्र १९, २०८१ मा हामी नवज्योति स्कूलमा क्याम्पिङ गर्न गयौं । यो गोदावरी नगरपालिका वडा नं. १३ झरुवाराशीस्थित पोखरीटारमा छ । यो विद्यालय मेरो कुलदेवताको मन्दिरको ठीक छेउमा रहेछ । चैत १९ गते हामी बिहानको ११ बजे त्यहाँ पुग्यौं । हामीले हाम्रा झोलाहरू टेन्टमा राखेर क्याम्पको दैनिकी सुरु गर्यौ ।
त्यहाँ जुगलसहित ११ वटा गस्ती (केटीहरू, केटाहरू फरक फरक) सहित ६ वटा स्कूलहरू थिए । म पाल नम्बर ७ (वुल्फ गस्ती) मा थिएँ । पहिलो दिन हामीले प्लाङ्क वाक जस्ता खेलहरू खेल्यौं, ओमेगा जम्प गर्यौं । म सुपर म्यान जम्पको लागि लाइनमा थिएँ तर समय सकियो । त्यसैले हामीले खाजा खान फर्कनुपर्यो । त्यसपछि खाजामा हामीले केही अचारसँग तरकारी चाउमिन खायौं । हामीले केही थप गतिविधिहरू पनि रमाइलोसँग गरेर बितायौँ । नियमित दिनमा झैँ दालभात खाएका हामीमा थप जान्ने र मनोरञ्जन गर्ने रहर सकिएकै थिएन । हामी नाच्ने र गाउने जस्ता रमाइलो गतिविधिहरूका लागि हलमा गयौं । कार्यक्रम सकिदा रातको ११ बजेको थियो, हामी सुत्न गयौँ ।
दोस्रो दिन बिहान ६ बजे उठ्यौं । केही क्षण पैदल यात्रा र व्यायाम पनि गरियो । व्यायाम सकेर क्याम्पमा फर्किएर चिया र बिस्कुट खायौं । त्यसपछि बिहानको सभा थियो, जहाँ हामी निरीक्षण गर्न गयौं । त्यसपछि हामीले खाना खायौं र सुपरम्यान जम्प, क्लाइम्बिङजस्ता खेलमा रमायौँ । आर्मी क्रलिङ, बाँदर क्रलिङ, क्लाइम्बिङ, सुपरम्यान जम्पलस्ता खेल खेल्न पाउँदा जति दंग भए, उत्तिनै आनन्दित पनि भएको मसहुस गरेँ ।
सुपरम्यान जम्प गर्न पाउँदा मलाई गर्व महसुस भयो किनकि यस्तो लाग्थ्यो कि म कहिल्यै गर्न सक्दिन । त्यसपछि हामीले दिउँसो ४ बजे खाजा खायौं र त्यहाँ उपलब्ध सबै खेलहरू पूरा गर्यौं । त्यसपछि हामी क्याम्प फर्कियौं ।
सरले खाना खान भेला हुने प्रयोजनले सिट्टी बजाउनुभयो । हामीले बहुतै मीठो खाना खायौँ । खाएका थाल हामी आफैँले सफा गर्र्यौ । खानापछिको क्याम्प फायर अविष्मरणीय नै भयो । शान्त र विशाल क्याम्प फारयरिङमा १५० विद्यार्थी, स्काउट शिक्षक र रोभर रेन्जरलाई तताउनको लागि थियो । हामीले नृत्य, गायन र नाटक जस्ता प्रदर्शनी पनि गर्ने मौका त्यसवेला पायौँ ।
यो धेरै रमाइलो थियो तर हामी सबै थाकेका कारण आधा निद्रामा थियौं । हामी मध्ये केही सुतिरहेका थियौं र केही हाईहाई गर्दै थियौं । यो देखेपछि शिक्षकहरुले हामीलाई सुत्न अनुमति दिनुभयो ।
हाम्रो स्लीपिङ ब्यागहरू व्यवस्थापन गर्यौं र सुत्यौं । अन्ततः यो हाम्रो तेस्रो र अन्तिम दिन थियो । त्यसैले हामी बिहान ६ बजे उठ्यौं र अन्य दिनहरू जस्तै हामी सिधै पदयात्रामा गयौँ । गजुर नभएको प्र्रख्यात बज्रबाराही मन्दिरमा हामी सबैले विश्वासको प्रार्थना सिक्यौ । जहाँ हामीले धेरै बाँदरहरू पनि देख्यौ । त्यसपछि मन्दिर वरिपरि केही रमाइलो गरेपछि हामी शिविरमा फर्कियौ ।
नास्ता खाएपछि बिहानको पदयात्राको हाम्रो सबै थकान मेटियो । हाम्रो सभा भयो जहाँ पुरस्कार वितरण थियो । त्यसपछि केही भाषण पछि हामी खाना खान गयौ ।
हाम्रो धेरैजसो समय पुरस्कार वितरण हेर्न हलमा बित्यो । त्यहाँ विशेष कुरा के थियो भने हामीमाझ कुनै प्रमुख अतिथि आउँदै हुनुहुन्थ्यो । हामीले उहाँहरूको स्वागतमा ठूलो स्वरमा नाचगान गरेका थियौ । त्यसपछि सबै काम सकिएपछि आइसक्रिम र कुल्फी खायाैँ । झोलाहरू प्याक गर्यौं र अन्तिम समापन समारोहमा गयौँ । यो यात्रा र कार्यक्रम धेरै रमाइलो, साहसिक र मेरो जीवनको सबैभन्दा राम्रो क्षण थियो ।
(दिव्यमणि ललितपुरको धापाखेलस्थित जुगल स्कूलमा कक्षा ६ मा अध्ययनरत छन्)