Odapalika - The Fourth Estate - चौथो अंग
अस्पष्ट कानुन बनाएपछि स्थानीय तहलाई चिठी लेखेरै कानुन बुझाउँदैछ लुम्बिनी सरकार  

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले बनाएको स्थानीय निजामति सेवा ऐन २०८१ का अधिकांश व्यवस्था अस्पष्ट देखिएका छन् । 

स्थानीय तहमा कार्यरत कर्मचारीको तह, स्तर वृद्धिलगायतमा कानुनी व्यवस्था अस्पष्ट भएको भन्दै स्थानीय तहहरुले गुनासो गरेपछि स्पष्ट पार्न प्रदेश सरकारले धमाधम पत्र लेख्न थालेको छ । 

लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबारमात्र प्रदेशभरका स्थानीय तह तथा प्रदेश मातहतका कार्यालयमा सर्कुलर गर्दै ऐनले भन्न खोजेको विषय सप्रसंग व्याख्या गरेर पठाएको छ । 

लुम्बिनी प्रदेशले २८ माघ २०८१ मा स्थानीय निजामति सेवा ऐन बनाएर कार्यान्वयनमा ल्याएको थियो । यो ऐन बनेपछि स्थानीय तहमा कार्यरत विभिन्न सेवा, समूह, उपसमूह र तहका कर्मचारीहरुको तहमिलान, तहवृद्धि र पदनाममा समस्या देखिदै आएको थियो । 

वुधवार मुख्यमन्त्रीस्तरीय निर्णय गर्दै प्रदेश सरकारले स्थानीय तहमा गरेको परिपत्रमा ऐनको दफा ७ र ३१ मा भएका अस्पष्ट व्यवस्थालाई स्पष्ट पार्न खोजिएको छ । 

कानुनले प्रदेश कानुन बन्नुअघि स्थानीय तहले बनाएको कानुन अनुसार नियुक्त कर्मचारीको तह मिलानलगायतका देखिएको अस्पष्ट व्यवस्थालाई समेत स्पष्ट पार्ने कोसिस गरेको छ । 

तर यसरी गरिएको कोसिसमा समेत दोहोरो अर्थ लाग्ने भाषा प्रयोग गरिएका कारण थप अन्योल उत्पन्न भएको लुम्बिनीका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरु बताउँछन् । 

यस्तो छ मुख्यमन्त्री कार्यालयको पत्र 

1-1746681234.jpg

2-1746681232.jpg

3-1746681231.jpg

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update