
काठमाडौँ । नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुतहुने बिजनेस ब्लु प्रिन्ट नेपाल कार्यक्रम भदौ १२ गते काठमाडौंस्थित होटल म्यारियटमा आयोजना हुने भएको छ ।
व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरूमा केन्द्रित रहने उक्त कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।
कार्यक्रममा नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल, तथा ब्रान्ड निर्माणजस्ता महत्वपूर्ण पक्षको मार्गदर्शन गर्नु रहेको छ । कार्यक्रममा सहभागीहरूले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरू प्रत्यक्ष रूपमा अनुभूती गर्न पाउनेछन ।
राजधानीको म्यारियट होटलमा मिति २०८२ साउन २५ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा कामर्यक्रमका संयोजक तथा जिनियस टल्कसका प्रबन्धक श्रीकृष्ण शाहले यस्ता खालका कार्यक्रमले बिजनेशमा थप प्रेरणा र टेवा पुर्याउने बताए ।
डा. पाटनीले आजसम्म १० हजारभन्दा बढि यस्ता खालका सेमिनारहरु गर्दै आएका उनले जानकारी दिए । डा. पटानीको काठमाडौैं यो पहिलो शो हो । कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ हेड निखिल अग्रवालले ब्यवसायिक क्षेत्रको विकासका लागी विभिन्न क्षेत्रमा ज्ञानरहेका विज्ञहरुको अनुभवले उर्जा प्राप्त हुने र यस्ता खालका कार्यक्रमहरुमा शिवम् सिमेन्ट सहकार्य गर्न तयार रहेको बताए ।
डा. उज्जवल पाटनीले यसअघि भारत तथा अन्य देशहरूमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरू अत्यन्त सफल र प्रभावशाली सावित भएका छन् । नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो संस्करणले व्यवसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने विश्वास लिइएको छ । यस कार्यक्रमले नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।