
मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९, पशुपतिनगरमा शनिबार (भदौ ७) साँझ दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।
रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ नम्बरको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । बा प्र ०३–००५प ९०६९ नम्बरको मोटरसाइकल ना७ख ५०१० नम्बरको बसमा समेत ठोक्किएको थियो ।
दुर्घटनामा प९०६९ नम्बरको मोटरसाइकलमा पछाडि सवार पर्साको वीरगन्ज महानगरपालिका–१३, मुर्ली निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठ र ४८ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएका थिए । उनीहरू श्रीमान्–श्रीमती हुन् ।
गम्भीर घाइते कविताको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी श्यामु अर्यालले जानकारी दिए । प्रवीणको उपचार सोही अस्पतालमा भइरहेको छ ।