Odapalika - The Fourth Estate - चौथो अंग
धादिङको थाक्रेमा लेदोसहितको पहिरो

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा लेदोसहितको पहिरो खसेको छ ।

बुधवार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।  काठमाडौँबाट मुग्लिन तर्फ जाँदै गरेका सवारी साधनलाई खानीखोलामा रोकिएका छन् । 

जेसीबीको सहयोगमा लेदो पन्छाउने काम भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update