Odapalika - The Fourth Estate - चौथो अंग
रातभरको पानीले विभिन्न सडकमा पहिरो : बीपी राजमार्ग खुल्यो, पृथ्वी राजमार्ग एकतर्फी

काठमाडौँ : रातिदेखिको अविरल वर्षाले देशका विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन्। काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध भएको बीपी राजमार्ग केही बेरअघि सञ्चालनमा आएको छ।

रोशी गाउँपालिका- ९ स्थित बिरुवाडाँडा र वडा नम्बर ११ स्थित पिपलबोटमा बिहान साढे ४ बजे लेदोसहितको पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टोली परिचालन भई केही बेरअघि मात्र राजमार्ग खुलाएको प्रहरीले जनाएको छ। 

यता धादिङको थाक्रे गाउँपालिका वडा नम्बर-७ स्थित सातकिल्लामा खसेको पहिरो हटाएर सडक एकतर्फी खुलाइएको छ। बुधबार राति खसेको पहिरोका कारण पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो।  बिहान ६: २० बजे सडक एकतर्फी खुलाएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update