Odapalika - The Fourth Estate - चौथो अंग
बारामा दुई मोटरसाइकल ठोक्किँदा २ युवाको मृत्यु

काठमाडौं : बारामा दुई मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरीको बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका पण्डितको एलएस न्यूरो अस्पताल परवानिपुरमा र चौधरीको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

आइतबार साँझ जितपुरसिमरा उपमहानगरपालिका–२ मा बा ९० प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६–००३ प१७५३ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा दुर्घटना भएको हो। 

बा ९० प ६७९४ नम्बर को मोटरसाइकलमा चालक चौधरी र त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए।

दुर्घटनामा घाइते हुने भूपेन्द्रको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update