Odapalika - The Fourth Estate - चौथो अंग
हैजाले मान्छे मरेको भन्दै मन्त्रीमाथि आक्रोश पोख्ने युवतीविरुद्ध म्याद थप

काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादवलाई धम्की दिएको आरोपमा पक्राउ परेकी युवती किरण साहविरुद्ध जिल्ला अदालत वीरगञ्जले तीन दिन पुर्पक्षका लागि थुनामा राख्न म्याद थप गरेको छ ।

पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार साहविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुर, संघीय सांसदलाई धम्की दिने कसुर र झुठा अफवाह फैलाउने कसुरमा म्याद थप गरिएको हो । 

गत शनिबार मन्त्री यादवको सचिवालयमा उजुरी परेपछि प्रहरीले साहलाई नियन्त्रणमा लिएको थियो । अडियोसहित सार्वजनिक भएको घटनामा उनले मन्त्री यादवलाई वीरगञ्जमा हैजा फैलिएको विषयमा कडा भाषामा प्रश्न गरेकी थिइन् ।

सामाजिक सञ्जालमा सार्वजनिक अडियोमा साहले ‘हैजाले मान्छे मरेको छ, तपाईं के गर्दै हुनुहुन्छ ?’ भन्ने प्रश्न गर्दै मन्त्रीसँग आक्रोश व्यक्त गरेकी थिइन् । उनले हैजासम्बन्धी समस्याबारे जानकारी गराउन मन्त्रीलाई पटक–पटक फोन गरे पनि कुरा गर्न नपाएको र त्यसप्रति असन्तुष्टि जनाएको अडियोमा सुन्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update