Odapalika - The Fourth Estate - चौथो अंग
नेचासल्यान गाउँपालिका   वडा न ५ को सार्वजनिक सुनुवाइ सम्पन्न

सोलुखुम्बुः नेचासल्यान गाउँपालिकाको वडा न ५ मा   सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । नेचा सल्यान गाउँपालिकको आयोजना तथा सामुदायिक रेडियो सोलु एफ एम को सहजीकरणमा उक्त सार्वजनिक सुनुवाइ  सम्पन्न भएको हो । उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष धनजन राइको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष राजन कुमार राइले आर्थिक वर्ष २०८१÷८२ मा वडा कार्यालयमार्फत खर्च भएको विवरण प्रस्तुत गर्दै विगत एक वर्षको कार्य प्रगतिबारे सार्वजनिक रूपमा जानकारी गराए। 

 सुनुवाइ कार्यक्रममा विभिन्न विषयगत शाखा तथा इकाइ प्रमुखहरूले आफ्ना–आफ्ना क्षेत्रमा भएका कार्यक्रम, खर्च, उपलब्धि र चुनौतीबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए। गाउँपालिका अध्यक्ष धनजन राईले कार्यक्रममा उठेका जिज्ञासाको उत्तर दिएका थिए भने सम्बन्धित शाखा प्रमुख हरुले कार्यक्रम कार्यान्वयनबारे उठेका प्रश्नको जवाफ दिएका थिए ।

वडा न ५ को सार्वजनिक सुनुवाइ कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष धनजन राइले चालु आर्थिक बर्षमा वडा न ५ का लागि छुटयाइएको योजना बारे जानकारी गराउँदै  विकास पुर्वधार ,शिक्षा स्वास्थ्य र खेलकुद क्षेत्रमा समानुपनातिक बजेट  दिएको बताए। अध्यक्ष राइले जनप्रतिनिधि र नागरिकबिचको सम्बन्ध मजबुत बनाउन सार्वजनिक सुनुवाइ महत्वपूर्ण रहेको बताए। 

गाउँपालिकाले वडा नं। ५ का लागि चालु आर्थिक वर्षमा विभिन्न पूर्वाधार, शिक्षा, खेलकुद तथा धार्मिक क्षेत्रका परियोजनामा ठूलो मात्रामा बजेट विनियोजन गरिएको थियो । गाउँपालिका तर्फ दिप ज्योति भवन निर्माणका लागि रु ९ लाख, बड्लीखोला लुलापु चुहान सिँचाइका लागि रु ४ लाख ५० हजार, खेलखोला ह्युम पाइप तथा तार जाली ग्याबिनका लागि रु ६ लाख, तिनकन्या गजेखोला तारजाली व्यवस्थापनका लागि रु ५ लाख र गणेशस्थान माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि रु ५ लाख बजेट छुट्याइएको थियो ।

 त्यस्तै प्रदेश तथा संघ तर्फ गैरी तिनकन्या सडक मर्मत ९सडक अभियान० का लागि रु ३० लाख, खहरे खोला नाम्लो बिहिबारे सडक स्तर उन्तीबाट  बिहिबारे सडक स्तरोन्नतिको लागि रु १ लाख ३४ हजार, लाहुरे चौर खेलमैदान स्तरोन्नतिको लागि रु ५ लाख र चोमोलुङस्थित छोलिङ गुम्बाका लागि रु ४५ लाख बजेट छुट्याइएको छ ।

यसरी, वडा नं। ५ का विभिन्न क्षेत्रमा कुल करोडौं रुपियाँको बजेट विनियोजन गरी विकास तथा पूर्वाधार निर्माणका कामलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । 

नेचासल्यान गाउँपालिकाको वडा न  ५मा  नागरिकता सिफारीसबाट १०७ सेवा प्राप्तिको सख्या रहेको छ । घरबाटो सिफारीस २७ ,नाता प्रमाणित ,४१  जन्म दर्ता २०३ मृत्यु दर्ता २१  ,विवाहा दर्ता २९ सम्बन्ध विच्छेत दर्ता ३  बसाइसराइ दर्ता १० परिवारको ३७ जना अन्य सिफरीस ४७६ , समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही सख्या २५८ रहेका छन् ।  

त्यस्तै वडा सिलिङतर्फको बजेट विवरण पनि सार्वजनिक गरिएको छ धोद्रेखोला मुहान धर्जने चुहान खानेपानीमा रु २ लाख ८५ हजार बजेट विनियोजन गरिएको छ । खानेपानी पाइप धारा ब्यबस्थापन बटुली चौरमा १लाख ३० हजार , गोब्रेपानी मुहान मुलखर्क चुहानमा रु १ लाख ७८ हजार ,लक्षित बर्ग ,महिला जेष्ठ नागरिक ,दलित ,र अपाङगमा ४ लाख,वडा स्तरीय खेलकुदमा  फुटबल फुटसल सहभागी ड्ेरेसमा ७० हजार ,तेक्वान्दो सहभागी ४० हजार गणेशथान मावि भवन प्लाष्टरका लागी  २३ हजार रुपैया छुटयाइएको छ । 

पाइप वितरणमा २ लाख रुपैँया ,हिमज्योति आधारभूत विद्यालय बालकक्षा फर्निचर कार्पेट मा १ लाख रुपैया छुटयाइएको थियो । गाउँपालिका वडास्तरमा विकास र निर्माण कार्यलाइ गति दिन सकिने विश्वास लिएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update