Odapalika - The Fourth Estate - चौथो अंग
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप

काठमाडौँ ।    जेनजी आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालनमा आएको छ। 

विमानस्थल सञ्चालमा आएपछि गएराति र आज बिहान केही अन्तर्राष्ट्रिय उडान भएका छन्। अहिले विमानस्थलमा यात्रुको भिड लागेको छ ।

विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। 

विमानस्थलबाट उडान सुरु भएपछि अहिले विदेश जाने यात्रुहरूको भीड बढेको विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए। 

विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह समेत गरेको छ। 

यसरी आवतजावत गर्दा आधिकारिक हवाइ टिकट र परिचय खुल्ने कागजात साथमा बोक्न पनि नागरिक उड्डयन प्राधिकरणको विमानस्थल कार्यालयले अनुरोध गरेको छ। 

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update