Odapalika - The Fourth Estate - चौथो अंग
भारतमा गाडी दुर्घटना हुँदा सल्यानको कुमाख गाउँपालिकाका ४ जनाको मृत्यु

काठमाडौँ ।  भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा भएको गाडी दुर्घटनामा चारजना नेपालीको मृत्यु भएको छ।

सल्यानको कुमाख गाउँपालिका- ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सवारी दुर्घटनामा मृत्यु भएको माओवादी केन्द्रका नेता रमेश मल्लले जानकारी दिए। 

हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख- ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको हो। 

दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय सल्यानले भने यस सम्बन्धी कुनै पनि जानकारी आफूहरूलाई अहिलेसम्म प्राप्त नभएको जनाएको छ। 
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update