Odapalika - The Fourth Estate - चौथो अंग
सप्तकोसीमा पानीको बहाव बढेपछि ३५ ढोका खोलियो

काठमडौँ । पूर्वी पहाड तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्दै गएको छ। 

बुधबार साँझदेखि कोसी ब्यारेज भएर बग्ने नदीको पानीको बहावमा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

गएराति १० बजे गरिएको मापनअनुसार ब्यारेज भएर दुई लाख ५१ हजार ८६५ क्युसेक प्रतिसकेन्ड पानीको बगिरहेको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। 

बुधबार राति ८ बजेको मापनअनुसार नदीमा दुई लाख ४८ हजार २०० क्युसेक प्रतिसेकेन्ड बहाव थियो। 

पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५२ वटा मूल र चारवटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएको छ। त्यसैगरि खतरास्वरुप रातो बत्ती बालिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update