Odapalika - The Fourth Estate - चौथो अंग
साफ यू–१७ च्याम्पियनसिप : सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल आज (बिहीबार) भारतसँग भिड्दै छ । 

नेपाल सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बनेर प्रवेश गरेको थियो । समूह ‘ए’ मा तीन अंक बनाएको नेपालले समूह चरणमा भुटानलाई २–० ले हराउँदा बंगलादेशसँग ४–० ले पराजित भएको थियो । 

भारतले भने समूह ‘बी’ को विजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो । समूह ‘बी’ मा नौ अंक बनाएको उसले पाकिस्तानलाई ३–२, भुटानलाई १–० र माल्दिभ्सलाई ६–० ले हराएको थियो । 

खेल श्रीलंकाको कोलम्बोस्थित रेसकार्स रंगशालामा नेपाली समयअनुसार साँझ ७ः३० बजे हुनेछ । 

यसअघिको संस्करणमा भारतले नेपाललाई ४–२ ले पराजित गरेको थियो । भुटानमा भएको सो संस्करण भारतले बंगलादेशलाई २–० पराजित गर्दै जितेको थियो । 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update