Odapalika - The Fourth Estate - चौथो अंग
तुइनखोलाको पहिरो पन्छाउने काम बिहानैदेखि सुरू

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा मंगलबार दिउँसो गएको पहिरो हटाउने काम जारी छ । बुधबार राति वर्षाका कारण स्थगित काम पुन: बिहीबार बिहान साढे पाँच बजेदेखि सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

उक्त विशाल पहिरो हटाउनका लागि पाँचवटा उपकरण परिचालन गरिएको कार्यालयले जनाएको छ । ठाउँ सीमित भएका कारण धेरै मेसिन सञ्चालन गर्न कठिनाइ भएकोले पहिरो हटाइसक्न समय लाग्ने देखिएको छ । पहिरो पूर्णरुपमा हटाउन दुई दिन लाग्ने अनुमान गरिएकोमा समय अझै बढी लाग्ने देखिएको छ ।

मंगलबार दिउँसो गएको विशाल पहिरो कारण सडक पूर्णरुपमा बन्द भएको छ । विभागले वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न अनुरोध गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update