काठमाडौँ : नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० आई शृङ्खला हात पारेको छ। मलेसियामा बुधबार बिहान सम्पन्न खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ५ खेलको शृंखला ३-२ ले जितेको हो ।
नेपाल पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा १३ रनले पराजित भई चौथो खेलमा ६ विकेटको जित निकालेको थियो।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमा महिला टी- २० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यसैको तयारीका लागि यो शृङ्खला भएको हो।
प्रकाशित मिति: बुधबार, असोज २२, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्