Odapalika - The Fourth Estate - चौथो अंग
देशमा छैन उल्लेखनीय मौसम प्रणालीको प्रभाव

काठमाडौं । कोसी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा आज (असोज २६) हल्का वर्षाको सम्भावना छ ।

यस दिन दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आंशिक बदली भनेको ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । २५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई मुख्यतया सफा भनिने महाशाखाले जनाएको छ ।

यस दिन राति कोसी र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

“हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update