
काठमाडौं । एएफसी एसियन यू–१७ महिला कप छनोटमा नेपालले आज थाइल्यान्डसँग खेल्दै छ ।
खेलमा नेपाल जित्नै पर्नै दबाबमा छ । नेपालको यो अन्तिम खेल पनि हो । प्रतियोगितामा स्थान बनाउन नेपालले थाइलयान्डविरुद्ध जित निकाल्नुपर्नेछ ।
यता, थाइल्यान्ड भने आफ्नो अपराजित यात्रा कायम राख्ने कोसिसमा हुनेछ । महिला कपमा छनोट हुन थाइल्यान्डलाई बराबरी पनि पर्याप्त हुनेछ ।
खेल थाइल्यान्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा नेपाली समयअनुसार साँझ ५ः१५ मा हुनेछ ।
समूहमा नेपालसँग घरेलु टोली र तुर्केमिनिस्तान छ । थाइल्यान्ड तीन अंकका साथ शीर्ष स्थानमा रहेको छ । नेपाल एक अंकको साथ दोस्रो स्थानमा रहँदा तुर्केमिनिस्तान पुछारमा रहेको छ ।
समूहको शीर्ष टोलीले आगामी वर्ष चीनमा आयोजना हुने एएफसी एसियन यू–१७ एसियन कपमा स्थान बनाउनेछ ।