गोरखा बजारबाट २० किलो पटका बरामद

गोरखा । प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ । गोरखा बजारका विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा उक्त परिमाणको पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पटका बिक्री–वितरण तथा प्रयोग नगर्न/नगराउन यसअघि प्रहरीले पटक–पटक सूचना जारी गरेको थियो । शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले उक्त सूचना गरिएको भन्दै प्रहरीले पुनः पटका राख्ने तथा पड्काउने गरे/नगरेको चेकजाँच र खानतलासी गरिने जनाएको छ ।
त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुनानुसार कारबाही गर्ने प्रहरी उपरीक्षक भरत विकले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२ ०७:१३
प्रतिक्रिया दिनुहोस्