Odapalika - The Fourth Estate - चौथो अंग
भैरहवा विमानस्थलमा ६ महिनापछि पुनः अन्तर्राष्ट्रिय उडान
फाइल तस्बिर

काठमाडौं - करिब ६ महिनादेखि उडान ठप्प भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबारदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।

आइतबार एयरबस ३२० को न्यारोवडीको जहाज मध्याह्न १२:४८ मा १७ यात्रु लिएर विमान भैरहवा अवतरण गरेको हो । अवतरण भएसँगै गत अप्रिलदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान फेरि सक्रिय हुने अपेक्षा गरिएको छ ।

हप्ताको दुई दिन थाई एयर एसियाको उडान तालिकाअनुसार यो सिजनमा पुनः उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए । उनका अनुसार, आइतबार र बुधबार दुई दिन उडान हुनेछ । जहाजले आजै १६२ यात्रु लिएर थाइल्यान्ड उड्नेछ ।

गत अप्रिलमा त्रिभुवन विमानस्थल मर्मतसमेत भएकाले भैरहवा विमानस्थलमा चाप बढेको थियो । त्यतिबेला दैनिक चारवटा उडान भएका थिए । पाँच महिनामा दुई सय बढी उडानबाट सात हजार यात्रु आवतजावत गरेको विमानस्थलले जनाएको छ । त्यसयता केही चार्टर उडान मात्रै भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२२ मे महिनामा पहिलो अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको थियो । तर, यात्रु संख्या न्यून, उडान लागत उच्च र व्यवस्थापकीय चुनौतीका कारण करिब ६ महिनाअघि अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका थिए । त्यसयता विमानस्थलमा केवल आन्तरिक उडान र टेक-अपरल्यान्डिङ अभ्यास मात्र भइरहेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  २१:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update