Odapalika - The Fourth Estate - चौथो अंग
हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा अर्थ मन्त्रालय छ : मन्त्री खनाल

काठमाडौं - अर्थमन्त्री रामेश्वर खनालले कुनै पनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास गरिएको जिकिर गरेका छन् । शनिबार (कात्तिक २२) काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अर्थ मन्त्रालयले कुनै पनि विषय सुन्ने, छलफल, निर्णय गर्ने र कार्यान्वयनमा तत्काल लगिहाल्ने प्रणालीको विकास गरेको उनले जिकिर गरे । उनले ‘जेनजी’ आन्दोलनको मर्मानुसार आफूले भ्रष्टाचार नियन्त्रणका निम्ति भन्सार प्रशासनमा आमूल सुधार गर्ने प्रयत्न गरेको समेत बताए ।

अर्थमन्त्री खनालले रोजगारीका निम्ति विदेश जानुपर्ने अवस्था आउन नदिन आफूले सक्दो पहल गरिरहेको पनि बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update