Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी आन्दोलनले निजी क्षेत्रलाई बढी आहत भएको छः अध्यक्ष ढकाल

काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो आन्दोलनले निजी क्षेत्रलाई बढी आहत पुर्‍याएको बताएका छन्। शनिबार महासंघको आयोजनामा भएको आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री, तीन मन्त्रीसहित उच्चपदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिको उपस्थितिमा भएको बहसमा ढकालले लुटपाट, आगजानी र तोडफोडका घटनाको समीक्षा गर्नुपर्नेमा जोड दिए।

'यो पटकको आन्दोलनमा निजी क्षेत्रलाई बढी आहत भएको छ। लुटपाट, आगजानीका घटना पछि सबैले समीक्षा गर्नुपर्छ,' उनले भने। 

उनले नाफा कमाउनुलाई गलत चित्रण गरिएको भन्दै आगजानी र तोडफोड गर्नेमाथि कारबाही नभए दण्डहीनता बढ्ने चेतावनी दिए। भदौ २४ गते भएको प्रदर्शनका क्रममा कुल ४८ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएकोमा निजी क्षेत्रले मात्र ८८ अर्ब रुपैयाँको नोक्सानी ब्यहोरेको ढकालले जानकारी गराए।

फेरि आन्दोलन भए थप नोक्सानी बढ्ने उनको भनाइ थियो।ढकालले अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान रहेको स्मरण गराउँदै गरिखाने वर्गले सुरक्षित रूपमा काम गर्ने वातावरण पाउनुपर्ने बताए। क्षतिलगत्तै ल्याइएको प्याकेजले पुनर्निर्माणमा सहयोग पुग्ने अपेक्षा उनले व्यक्त गरे।

महासंघले आर्थिक पुनरुत्थान र पुनर्निर्माणका लागि छुट्टै प्याकेज तयार पार्दै गरेको पनि उनले जानकारी गराए। उनले विद्युत् महसुल विवाद समाधानका लागि भएको प्रयास सकारात्मक रहेको बताए।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update