Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षामन्त्रीको चेतावनीः राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई बर्खास्त 
फाइल तस्वीर

काठमाडौं -शिक्षा मन्त्रालयले शिक्षक लगायत कर्मचारीहरू राजनीतिक गतिविधिमा संलग्न भएमा पदबाट बर्खास्त गर्ने चेतावनी दिएको छ।

शिक्षा मन्त्री महावीर पुनले आइतबार एक विज्ञप्ति जारी गरी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूलाई बर्खास्त गर्ने चेतावनी दिएका हुन्।

“सरकारी सेवामा कार्यरत शिक्षक, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन सम्बन्धी पेशागत ऐनहरूले कर्तव्य, नैतिक दायित्व र आचरणको प्रबन्ध गरेको सर्वविदितै छ,” विज्ञप्तिमा भनिएको छ, “कुनै पनि पेशागत ऐनहरूले त्यस्तो सेवामा कार्यरत कसैलाई पनि पेशागत हकहित र अधिकार प्राप्तिको लागि सौदाबाजी गर्ने बाहेक अन्य राजनीतिक गतिविधिमा संलग्न हुने अधिकार दिएको छैन र राजनीतिक गतिविधा संलग्न भएको पाइएमा पदबाट बर्दास्त गर्न सकिने सम्मको कानूनी कारबाही हुने व्यवस्था रहेको विषय ध्यानाकर्षण गराउँदछु।”

त्यस्तै राजनीतिक दलमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध हुने शिक्षकदेखि संगठनहरूलाई मन्त्रालयले मान्यता नदिने निर्णय गरेको जानकारी दिएका छन्।

mahabirpunrelease-1762697349-1762698788.jpg
 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update