Odapalika - The Fourth Estate - चौथो अंग
जगदम्बा स्टिलले तिर्‍यो बक्यौता रकम‚ जोडियो काटिएको बिजुली
फाइल तस्वीर

काठमाडौं - जगदम्बा स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता रकम बुझाएको छ । बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिलले बुधबार बक्यौताको पहिलो किस्ता तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको एक अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी जगदम्बाले पाँच करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ताका रूपमा बुझाएको छ ।

पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको बिजुली लाइन बुधबार साँझ जडान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update