Odapalika - The Fourth Estate - चौथो अंग
दोस्रो जितको खोजीमा एनपीएलमा भिड्दैछन् लुम्बिनी र काठमाण्डु 

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्स र काठमाण्डु गोर्खाज आज प्रतिस्पर्धामा उत्रिँदा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् । 

समान दुई अंक जोडेको काठमाण्डु र लुम्बिनी अंक तालिकाको क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । 

प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो । लुम्बिनीले यसअघि पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध नौ विकेटको हार व्यहोरेको थियो ।

यता, काठमाण्डुको भने यो प्रतियोगिताको चौथो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । तर, दोस्रो र तेस्रो खेलमा भने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध क्रमशः २९ र पाँच विकेटले पराजित भएको थियो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजदेखि सुरु हुने तालिका छ । मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हालसम्म १० खेलको नतिजा आइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update