Odapalika - The Fourth Estate - चौथो अंग
तत्कालीन गृहसचिव, आईजीपी र काठमाडौंका सीडीओको विदेश भ्रमण फुकुवा

काठमाडौं- भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविराज रिजाललाई भ्रमण फुकुवा गर्ने निर्णय गरेको छ ।

आयोगले तीनै जनाको बयान सकाएपछि विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्थालाई फुकुवा गरेको हो । आयोगका उपसचिव कमलप्रसाद पाण्डेका अनुसार गत असोज १२ र कात्तिक २७ गतेको बैठकले दुवाडी, खापुङ र रिजाललाई विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो ।

सोमबार बसेको आयोगको बैठकले तीनै जनाको स्थानहद खुला गरेको हो ।

aaaaaa_BonvmfHTGF-1766498914.png
 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update