इरानले कतारमा हान्यो ९ ब्यालिस्टिक मिसाइल

काठमाडौँ । इरानले कतारतर्फ ९ ब्यालिस्टिक क्षेप्यास्त्र र धेरैवटा ड्रोन प्रहार गरेको छ।

कतारको रक्षा मन्त्रालयले बुधबार बताएअनुसार देशको वायु रक्षा प्रणालीले ८ क्षेप्यास्त्र र सबै ड्रोन आकाशमै खसालेको छ।

मन्त्रालयले भनेको छ 'एउटा क्षेप्यास्त्र सुनसान क्षेत्रमा खसेको छ र कुनै हताहत भएको छैन। सुरक्षा एजेन्सीहरूले आक्रमणपछिको अवस्थाको निगरानी गरिरहेका छन्।'
 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  ०६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update