प्युठान नगरपालिकाले दलित, जनजाति र विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने, माग्यो आवेदन

 

काठमाडौँ । प्युठान जिल्लाको प्युठान नगरपालिकाले दलित, जनजाति र विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ । 

आर्थिक वर्षमा दलित, जनजाति एवं विपन्न वर्गको लागि शैक्षिक छात्रबृत्ति तथा अध्ययन सहयोग कार्यक्रम संचालन गरिएकोले सोही कार्यक्रमबाट सहयोग गर्न लागिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रबहादुर जिसीले जानकारी दिए ।

यो कार्यक्रम कक्षा ११ र १२ अध्ययन गर्नको लागि हो । नगरपालिकाले चैत १ गते सार्वजनिक सुचना नै प्रकाशन गरेर आवेदन माग गरिएको जिसीको भनाइ छ । आवेदन भने चैत १५ गतेभित्र दिइसक्नु पर्नेछ ।

उनका अनुसार आवेदनसाथ कम्तिमा १० कक्षा उतिर्ण गरेको प्रमाणपत्रहरुको प्रतिलिपी, उपलब्ध भएमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी, सम्बन्धित वडाको विपन्न/दलित/जनजाति भएको सिफारिस र अध्ययनरत विद्यालयको जेहन्दार तथा अनुशासित भएको सिफारिस आवश्यक पर्ने नगरपालिकाले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update