काठमाडौँको चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब रुपैयाँ अनुदान दिने

 

काठमाडौँ । काठमाडौँको चक्रपथ विस्तार (दोस्रो चरण) कार्यान्वयन गर्न चीन सरकारले ११ अर्ब रुपैयाँ अनुदान प्रदान गर्ने भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्रालयका अनुसार सहयोगसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चीनका राजदूत चाङ माओमिङले उक्त मन्त्रालयमा आज हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार अब कलङ्कीदेखि वसुन्धरासम्म चक्रपथ विस्तार गरिने छ । पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म विस्तार भएको हो ।

त्यसअवसरमा  मन्त्री लम्सालले परियोजना कार्यान्वयनमा कुनै किसिमका समस्या हुन नदिने बताउँदै त्यसो भएमा तिनको समाधानका निम्ति तत्काल सहजीकरण गरिने प्रतिबद्धता व्यक्त  गरे । उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै मन्त्री लम्सालले मुलुकको पूर्वाधार विकासमा चीन सरकारबाट अझ लगानी अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

राजदूत चाङले लगानीको उपयुक्त वातावरण बनेमा धेरैभन्दा धेरै चिनियाँ लगानीकर्ता यहाँ आउन इच्छुक रहेका जानकारी दिए ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १५:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update