एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई रामारोशन गाउँपालिकाको सम्मान

काठमाडौँ । अछामको रामारोशन गाउँपालिकाले सो गाउँपालिकाभित्रका विद्यालयबाट एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयका विद्यार्थी,विद्यालय र अभिभावकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर रावलले जानकारी दिए ।

गत एसइई परीक्षाको नतिजामा रामारोशन गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीहरुले पहिलो, दोस्रो, तेस्रो, सातौ र ९औं स्थान हासिल गरेका छन् ।

सो गाउँपालिकाभित्र पर्ने नेपाल राष्ट्रिय मावि चाफामाण्डौ र सरिता माबि शान्तडा जिल्ला प्रथम भएका हुन् । रामारोशन गाउँपालिकाका विद्यालयले एसइईमा यसपालि लगातार दोस्रो बर्ष प्रथम स्थान हासिल गरेको हो ।

कुन विद्यालयका कुन विद्यार्थीले कति अंक ल्याए ?

गाउँपालिकाले दिएको जानकारी अनुसार नेपाल राष्ट्रिय माविका मानव रावल र सरिता माविका आयुष रावल ४ जिपिए ल्याएर जिल्ला प्रथम भएका छन् । 

सुदुरपश्चिम प्रदेशका सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने यी दुई जना विद्यार्थी मात्रै हुन् । 

यस्तै, नेपाल राष्ट्रिय माविकै विद्यार्थीहरु मानवी रावलले ३.९१ जिपिए, आयाम रावलले ३.८६ जिपिए र सोनु महत्तराले ३.८२ जिपिए प्राप्त गरेका छन् ।

निलकण्ठ माविकी यशोदा रोकायाले ३.८० जिपिए, सरिता माविका सन्दिप साउदले ३.७७ जिपिए, पिंगलादेवी माविका बाबुराम खनालले ३.७४ जिपिए र नेपाल राष्ट्रिय माविका दिक्षित भण्डारीले ३.७३ जिपिए प्राप्त गरेका छन् । नेपाल राष्ट्रिय माविकै सुदिप खड्का ले ३.७२ अंक प्राप्त गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

एसइई परीक्षामा आफ्नो पालिकाभित्रका विद्यालयहरुले उत्कृष्ट नतिजा हासिल गरेपछि गाउँपालिकाले औपचारिक कार्यक्रम नै आयोजना गरेर सरोकारवालालाई सम्मान गरेको हो । 

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  १३:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update