नेपालले अमेरिकालाई दियो ३१८ रनको चुनौती

काठमाडौँ । आइसिसी पुरुष  विश्वकप क्रिकेट  लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई जितका लागि ३१८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१७ रनको योगफल बनायो । 

नेपालका लागि इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८४ रनको योगदान दिए । उनले  ८३ बल खेल्ने क्रममा आठ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले ५९ रन, कप्तान रोहित पौडेलले ४६, आशिफ शेखले ४३ कुशल भुर्तेलले २९ रन, आरिफ शेखले १८ रन र गुल्सन झाले १५ रन जोडे । 

बलिङतर्फ अमेरिकाका लागि शुभम रन्जाने तीन विकेट लिए भने मिलिन्द कुमार र रुसिल उगारकरले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १४:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update