बैतडी । सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लास्थित पञ्चेश्वर गाउँपालिकाले कृषकहरूका लागि २० प्रतिशत लागत साझेदारीमा वर्षे सिजनल फलफूलका बिरुवाहरू वितरण गर्ने भएको छ।
गाउँ कार्यपालिकाको कार्यालय, आम्चौराले आज दोस्रो पटक सूचना जारी गर्दै फलफूल खेती गर्न इच्छुक कृषकहरूबाट आवेदन माग गरेको हो।
गाउँपालिकाको आर्थिक वर्ष २०८२र०८३ को स्वीकृत कृषि विकास शाखाको वार्षिक कार्यक्रम अन्तर्गत यो कार्यक्रम सञ्चालन गर्न लागिएको प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले जानकारी दिए।
यसअघि पहिलो पटक मिति २०८३र०२र०८ गते सूचना प्रकाशन गरिएकोमा आज मिति २०८३र०२र२४ गते दोस्रो पटक यो सूचना जारी गरिएको हो। सूचना अनुसार गाउँपालिका क्षेत्र भित्रका इच्छुक किसानहरूले सूचना प्रकाशन भएको ७ औँ दिन अर्थात् मिति २०८३ साल जेठ ३१ गते कार्यालय समयभित्र आवश्यक कागजात सहित गाउँपालिकाको कृषि विकास शाखा वा सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गरिसक्नुपर्नेछ।
वितरण गरिने फलफूलका बिरुवाहरूमा आँप, सुन्तला, कागती,अम्बा,अनारलगाएत छन् । गाउँपालिकाले फलफूलका बिरुवाहरू साझेदारीमा वितरण गर्न लागेको हाे ।
आवेदनका साथमा कृषकहरूले रीतपूर्वकको निवेदन र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
गाउँपालिकाले ुहामी सबैको एउटै स्वर, समृद्ध र समुन्नत विकास सहितको पञ्चेश्वरु भन्ने मूल नाराका साथ कृषि उत्पादन र कृषकको आयआर्जन बढाउन यो कार्यक्रम ल्याएको हो। सूचनालाई व्यापक बनाउन गाउँपालिकाको सूचना तथा प्रविधि शाखालाई वेबसाइट लगायत अन्य सञ्चार माध्यमबाट समेत सम्प्रेषण गर्न बोधार्थ दिइएको छ।





