एजेन्सी।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत इरानसँग सम्झौता पूरा भएको बताएका छन् ।
इरानले पनि वक्तव्यमार्फत अमेरिकासँग केही महिनादेखि चलिरहेको लामो र कठिन वार्तापछि दुवै देश एक सम्झौतालाई अन्तिम रुप दिन सहमत भएको उल्लेख गरेको छ ।
ट्रम्पले यो सम्झौता अनुसार होर्मुज स्ट्रेटलाई फेरि खुला गरिने जनाएका छन् । उनले इरानी बन्दरगाह क्षेत्रमा रहेको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन निर्देशन समेत दिएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले दुवै देश युद्ध विराम सम्झौतामा सहमत भएको जानकारी दिँदै १९ जुनमा स्वीट्जरल्याण्डको जेनेभामा हस्ताक्षर हुने जनाएका छन् ।
प्रकाशित मिति: सोमबार, असार १, २०८३ ०८:०९
प्रतिक्रिया दिनुहोस्





