नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा

चितवन। नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । 

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५  तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध  भएको थियो । 

सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार पहिरो हटाएपछि अहिले दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए । 

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा पहिरो र ढुङ्गा खसीरहने हुँदा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update