इङ्ल्याण्ड र घानाले अंक बाँड्दा क्रोएसियाको पहिजो जित

काठमाडौं। फिफा विश्वकप अन्तर्गत आज बिहान  सम्पन्न खेलमा इङ्ल्याण्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका हुन्। 

समूह चरणको आफ्नो पहिलो खेलमा इङ्ग्ल्याण्डले क्रोएसियालाई ४–२ गोलअन्तर र घानाले पानामालाई १–० गोलले पराजित गरेका थिए ।

बुधबार बिहान नै भएको अर्को खेलमा क्रोएसियाले पनामामाथि १–० काे जित हात पारेको छ । यो जितसँगै क्रोएसियाले समूहमा ३ अंक जोडेको छ । 

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update