देशभरका ७५३ स्थानीय सरकारले बजेट ल्याउने आज अन्तिम दिन

काठमाडौँ । आज देशभरका स्थानीय सरकारलेहरु आगामी आर्थिक वर्षको बजेट ल्याउने अन्तिम तयारीमा छन् ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ ले स्थानीय सरकारहरुले असार १० गतेभित्रमा आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्ने वाध्यकारी व्यवस्था गरेको छ ।

ऐनको यही व्यवस्थाको कारण आज देशभका अधिकांश स्थानीय सरकारले बजेटको तयारी गरेका छन् । बजेट ल्याउनको लागि स्थानीय सरकारहरुले पालिकाबाट प्रवाह हुने सेवाहरुमध्ये अत्यावश्यक बाहेक सबै सेवा बन्द हुने भनेर सार्वजनिक सुचना प्रकाशन गरेका छन् ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिलेसम्म ७६ स्थानीय सरकारले बजेट पेश गरिसकेका छन् । कोशी प्रदेशका १३७ मध्ये ६ वटा, मधेश प्रदेशका १३७ मध्ये २० वटा, बागमती प्रदेशका ११९ मध्ये १४ वटा, गण्डकी प्रदेशका ८५ मध्ये १५ वटा, लुम्बिनी प्रदेशका १०९ मध्ये ८ वटा, कर्णाली प्रदेशका ७९ मध्ये ५ वटा र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८ वटा स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट पेश गरिसकेको मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयको प्रणालीमा प्रविष्ट भएका आधारमा हेर्दा ६७७ स्थानीय सरकारले अझै पनि बजेट ल्याएका छैनन् र आज बजेट ल्याउने अन्तिम दिन हो । अधिकांश स्थानीय सरकारहरुले आज बजेट सार्वजनिक गर्ने सार्वजनिक सुचना प्रकाशन गरिसकेका छन् ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update