काठमाडौँ । नेपालको डिजिटल मनोरञ्जन क्षेत्रमा अग्रणी पहिचान बनाएको नेट टिभी प्रालिले नेपाल सरकारबाट आधिकारिक रूपमा ओटीटी प्रसारण सेवा सञ्चालनको इजाजतपत्र प्राप्त गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले कम्पनीलाई यो लाइसेन्स प्रदान गरेको हो।
नेपालकै पहिलो आईपीटिभी सेवा प्रदायक समेत रहेको नेटटिभीले सन् २०१७ मै आफ्नो ओटीटी एप सार्वजनिक गरेर नेपालमा भिडियो स्ट्रिमिङको जग बसालेको थियो।
'यो ऐतिहासिक र गौरवपूर्ण उपलब्धि यहाँहरू माझ सार्वजनिक गर्न पाउँदा अत्यन्तै गौरव महसुस भएको छ। आधिकारिक लाइसेन्स प्राप्त गरेसँगै हाम्रो प्लेटफर्मले यस क्षेत्रमा नयाँ उचाइ हासिल गरेको छ।' नेटटिभीका सीईओ निरन राजभण्डारीले भने ।
२४सै घण्टा नेपालभर सेवा उपलब्ध हुने
यो इजाजतपत्र सँगै नेटटिभीलाई आफ्नो एप र आधिकारिक वेबसाइट nettv.com.np मार्फत नेपालभर २४सै घण्टा सेवा प्रदान गर्ने कानुनी अधिकार सुनिश्चित भएको छ। अब कम्पनीले आधिकारिक रूपमा नेपाली, अङ्ग्रेजी, हिन्दी लगायतका विभिन्न भाषाहरूमा इजाजतप्राप्त टेलिभिजन च्यानलहरू अनुमति प्राप्त विदेशी कार्यक्रमहरू तथा उत्कृष्ट डिजिटल सामग्रीहरू प्रसारण गर्ने जनाएको छ।
एउटै सब्सक्रिप्सन, असीमित मनोरञ्जन
'One Subscription. Unlimited Entertainment' को मूल मन्त्रसहित नेटटिभीले आफ्ना प्रयोगकर्ताहरूका लागि कन्टेन्टको दायरा अझ फराकिलो बनाएको छ।
नेटटिभीमा अब १००० भन्दा बढी चलचित्रहरूस् ब्लकबस्टर नेपाली तथा विदेशी फिल्महरू, विविध कन्टेन्टस् रोचक सिरिजहरू, लोकप्रिय स्वदेशी तथा विदेशी ड्रामाहरू, लाइभ प्रसारणस् खेलकुद (लाइभ स्पोर्ट्स), लाइभ टिभी र असीमित च्यानलहरू ग्राहकले निम्न सुविधाहरू पाउनेछन् ।
जुनसुकै उपकरणमा चल्ने
प्रयोगकर्ताले आफ्नो अनुकूलता अनुसार मोबाइल, ट्याब्लेट वा टिभी स्क्रिनमा जहाँसुकै र जुनसुकै समयमा मनोरञ्जन लिन सक्नेछन्।





