रामप्रसाद राई गाउँपालिकामा कुटिए पूर्वाधार विकास कार्यालयका प्राविधिक

 

भोजपुर ।  भोजपुर–मानेभञ्ज्याङ बैकुण्ठेवासीखोरा बालङ्खा–रानीटार सडक स्थलगत अनुगमनका लागि  रामप्रसाद राई गाउँपालिका पुगेका प्राविधिक आनन्दकुमार शाहलाई कार्यरत कामदारको समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

कुटपिटबाट घाइते प्राविधिक शाहलाई उपचारका लागि विराटनगर पठाइएको छ । शाहको टाउकोमा गम्भीर चोट पुगेको छ । अनुसन्धानका लागि छ जना कामदारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

 प्रितम राई, ज्ञानबहादुर राई, इन्द्रबहादुर राई, दुर्गाप्रसाद राई, प्रदीप राई र नीरज बोगटीलाई प्रहरीले अनुसन्धानका लागि रेखदेखमा  लिएको छ । घटनाको दुवै तर्फबाट यथार्थ विवरण लिएपछि कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।

कार्यक्षेत्रमा हुने घटनाले सुरक्षा चुनौती बढेको भन्दै पूर्वाधार विकास कार्यालय भोजपुरले संलग्नमाथि छानबिन गरी कारबाही गर्न माग गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update