घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य कति आएको छ । हिजोको तुलनामा सुन तोलामा ६०० र चाँदी १५ रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २७० रुपैयाँ कायम भएको छ ।

हिजो मङ्गलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update