घट्यो सुनचाँदीको मूल्य, अब तोलामा कति ?

 

काठमाडौँ । नेपाली बजारमा बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला चार हजार ३ सय रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु चाँदीको मूल्य चार हजार ८७५ रुपैयाँ कायम भएको छ । 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार २५ रुपैयाँ कायम भएको थियो ।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९१ हजार ८ सय रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० रुपैयाँ कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१३ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update