Odapalika - The Fourth Estate - चौथो अंग
बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । 

बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ८०० रुपैयाँले वृद्धि भएको छ भने सोही परिमाणको चाँदी पनि ५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुन शुक्रबार १ लाख ५४ हजार १०० मा कारोबार भएको छ भने सोही परिमाणको चाँदीको मूल्य १ हजार ८४५ कायम भएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update