बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं। बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो ।

स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल गरे। खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई १–० गोलको अग्रता दिलाए । 

खेलको ४१औँ मिनेटमा बेल्जियमका खेलाडी चार्ल्स डे केटलेरले गोल गर्दै खेललाई  १–१ गोलको बराबरीमा पुर्याए ।

त्यसपछि  खेलको ८८औँ मिनेटमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै आफ्नो टोलीलाई सेमिफाइनलमा पुर्याए । 

स्पेनले सेमिफाइनल खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । 
 

प्रकाशित मिति: शनिबार, असार २७, २०८३  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update