काठमाडौँ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
उपमहानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै प्रधानाध्यापक नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार नगर क्षेत्रका सामुदायिक विद्यालयमा निमित्त प्रधानाध्यापकका रूपमा कामकाज हुँदै आएको अवस्थामा स्थायी रूपमा प्रधानाध्यापक नियुक्तिको प्रक्रिया अघि बढाउन लागिएको हो ।
शिक्षा नियमावली, २०५९ को दशौं संशोधन, २०८३ सहितको परिच्छेद–१७, नियम ९३ मा भएको व्यवस्थाअनुसार प्रधानाध्यापक नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन विद्यालय व्यवस्थापन समितिको निर्णयसहितका कागजात उपमहानगरपालिकामा पेश गर्न भनिएको उपमहानगरपालिकाका उपसचिव शिवजी प्रसादले जानकारी दिए ।
उपमहानगरपालिकाले यससम्बन्धी जानकारीका लागि सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेको जनाएको छ । सूचनामा प्रधानाध्यापक नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन विद्यालय व्यवस्थापन समितिको निर्णयसहित आवश्यक कागजात पेश गर्न भनिएको छ ।


