नर्वेलाई हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलमा

काठमाडाैं। इङ्ग्ल्यान्ड फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । 

आइतबार सम्पन्न खेलमा इंग्ल्याण्डले नर्वेमाथि २–१ को पुनरागमन जित निकालेको हो  । इंग्ल्याण्डको जितमा जुड बेलिङ्गह्यामले २ गोल गरे । 

खेलमा अग्रता भने नर्वेले लिएको थियो । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपले गोल गर्दै नर्वेलाई सुरुवाती दिलाएका थिए। 

तर, खेलको पहिलो हाफको इन्जुरी समयमा इङ्ग्ल्यान्डका लागि जुड बेलिङ्गह्यामले बराबरी गोल गरे । 

त्यसछि दोस्रो हाफमा कुनै पनि गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको सुरुमै बेलिङ्गह्यामले गोल गरेर इङ्ग्ल्यान्डलाई २-१ अग्रता दिलाए । 

त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि इंग्ल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित बनायो। 

इङ्ग्ल्यान्डले अब अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
 

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update