बाढीले क्षति पुर्‍याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ ।

आयोजनाको बाँध (इन्टेक) मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ । बाढीले बाँधमा क्षति पुर्‍याएको छ भने विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ ।

गत वर्ष निर्माणसम्पन्न भएको यस आयोजनाको विद्युत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रकाशित मिति: बुधबार, असार ३१, २०८३  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update