इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश

काठमाडौं। इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङल्यान्डलाई २–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो । 

अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा पुग्ने क्रममा उत्कृष्ट पुनरागमन जित निकाल्यो। 

यसअघि अघिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकप उपाधि जितेको थियो ।

खेलमा सुरुआती अग्रता भने इङल्यान्डले लिएको थियो । खेलको ५५औं मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इङल्यान्डलाई अघि बढाएका थिए । 

तर ८५औं मिनेटमा अर्जेन्टिनाका एन्जो फर्नान्डेजले गोल गर्दै खेल बराबरीमा ल्याए ।

अतिरिक्त समयको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को जित दिलाए । यी दुवै गोलका लागि कप्तान लियोनल मेस्सीले पास दिएका थिए । 

यससँगै अर्जेन्टिनाले विश्वकप फाइनलमा स्थान पक्का गरेको हो । अब उसले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । 

स्पेन यसअघि नै फ्रान्सलाइ हराएर फाइनलमा पुगिसकेको छ । इंग्ल्याण्ड र फ्रान्सबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति: बिहीबार, असार ३२, २०८३  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update