
काठमाडौँ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज बजेट प्रस्तुत हुँदैछ । आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक हुँदैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । आजै राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । ३ बजे बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ ११:००
प्रतिक्रिया दिनुहोस्