
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अन्तिम तयारीमा छन् ।
दुबै सदनको संयुक्त बैठकमा संघीय सरकारका अर्थमन्त्रीले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने संविधानमा व्यवस्था छ । यसरी बजेट पेश गर्नुअघि मन्त्रिपरिषद बैठकले बजेट पारित गर्नुपर्छ ।
अर्थमन्त्री पौडेल आगामी आर्थिक वर्षको बजेट ब्रिफकेससहित मन्त्रिपरिषद बैठकमा भाग लिन गएका हुन् । सरकारले ५ वजे बस्ने दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गर्दैछ । अर्थमन्त्री पौडेलले करिब २० खर्ब रुपैयाँको बजेट पेश गर्न लागेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १४:५२
प्रतिक्रिया दिनुहोस्