Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश गरिरहेका छन् । संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पौडेलले सरकारको वार्षिक आम्दानी तथा खर्चको हिसाव (बजेट) पेश गरेका हुन् ।

अर्थमन्त्री पौडेलले सदनमा बजेट पेश गर्नुअघि मन्त्रिपरिषद बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । केही समयअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट स्वीकृत गरेको हो ।

दुबै सदनको संयुक्त बैठकमा संघीय सरकारका अर्थमन्त्रीले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेश गर्ने संविधानमा व्यवस्था छ । यसरी बजेट पेश गर्नुअघि मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गर्नुपर्छ ।

अर्थमन्त्री पौडेल आगामी आर्थिक वर्षको बजेट ब्रिफकेससहित मन्त्रिपरिषद बैठकमा भाग लिन गएका थिए । सरकारले दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गर्दैछ । अर्थमन्त्री पौडेलले करिब २० खर्ब रुपैयाँको बजेट पेश गर्न लागेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update