Odapalika - The Fourth Estate - चौथो अंग
समानीकरण अनुदान स्थानीय तहलाई ८८ अर्ब ९७ करोड, कति पाए सशर्त र समपुरक अनुदानमा ?

काठमाडौँ । संघीय सरकारले स्थानीय तहहरुलाई ८९ अर्ब रुपैयाँ समानीकरण अनुदान दिने भएको छ । 

अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा स्थानीय तहहरुलाई ८८ अर्ब ९७ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने जानकारी दिएका हुन् । 

यस्तै, स्थानीय तहहरुलाई सशर्त अनुदान २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ भने समपुरक अनुदानको लागि १० अर्ब रुपैयाँ दिइएको छ ।

यस्तै, प्रदेशहरुलाई भने ६० अर्ब ६६ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने सरकारले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update