
काठमाडौँ । सरकारले नेपालीलाई विदेशमा लगानी गर्न पाउने ऐतिहासिक निर्णय गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ,’ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले भने ।
अहिलेसम्म सरकारले नेपालीलाई विदेशमा लगानी गर्न दिएको थिएन ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १६:११
प्रतिक्रिया दिनुहोस्